इंग्ल्याण्ड नक आउट चरणमा पुग्यो, अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा स्थान बनायो

इंग्ल्याण्ड यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुगेको छ । समूह डी मा रहेको इंग्ल्याण्डले आज अन्तिम खेलमा शीर्ष स्थानको चेक रिपब्लिकको सामना गर्दैछ । समूह बी अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा बेल्जियमले फिनल्याण्डलाई हराउँदा इंग्ल्याण्ड अन्तिम १६ मा पुग्ने सुनिश्चित भएको हो । इंग्ल्याण्डले चेक रिपब्लिक बिरुद्ध जस्तो सुकै हार बेहोरेपनि तेस्रो स्थानको चार उत्कृष्ट टोलि अन्तिम १६ मा पुग्ने हुँदा इंग्ल्याण्ड ती मध्ये एक हुनेछन् । समूह डी मा इंग्ल्याण्ड र चेक रिपब्लिक दुबैको सामान चार अङ्क छ । इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।