अष्ट्रियालाई हराएर नेदरल्याण्ड्स यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुगेको छ । जोहान क्रफ एरेनामा गए राति अबेर सम्पन्न खेलमा नेदरल्याण्ड्सले अष्ट्रियामाथि २–० को जित हात पार्यो । पछिल्लो दुई प्रमुख प्रतियोगितामा छनोट हुन नसकेको नेदरल्याण्ड्सले सन् २००८ पछि पहिलो पटक यूरोकप फुटबलको नकआउट चरणमा प्रवेश पाएको छ । नेदरल्याण्ड्स समूह सीमा रहेको छ ।
लगातार दुई खेलमा जित हात पारेको नेदरल्याण्ड्स समूह चरणमा एक खेल खेल्न बाँकी छँदै अन्तिम १६ मा पुगेको हो । नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा यूक्रेनलाई हराएको थियो । मेम्फिस डेपेले ११ औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । डेपेले आफ्नो २७ औं गोल पुरा गर्नुभयो ।