स्वीटजरल्याण्डले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुग्ने सम्भावना जीवित बनाएको छ । प्रतियोगिता अन्तर्गत गए राति अबेर सम्पन्न समूह ए को खेलमा स्वीटजरल्याण्डले टर्कीलाई हराएर सम्भाबना जीवित पारेको छ । टर्की भने लिगको तीन खेलमध्ये तीन वटैमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
समान चार अङ्क जोडेको वेल्स समूह ए को दोस्रो स्थानमा छ । स्वीटजरल्याण्डले तीन खेलमध्ये एकमा जित हात पार्दै चार अङ्क बटुलेपनि गोल अन्तरको आधारमा ऊ तेस्रो स्थानमा रह्यो । समूहगत् चरणको सबै खेल समाप्त भएपछि मात्रै अन्तिम १६ मा पुग्ने टोलिको निक्र्योल हुनेछ । तीन खेलमध्ये तीनैमा जित हात पारेको इटाली समूह ए बाट यसअघि नै अन्तिम १६ मा छनोट भइसकेको छ ।