काठमाडौं–आफ्नो कार्यकालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो बोलीले कसैलाई ठेस पुगेको भए त्यो नियत नभएको प्रष्टिकरण दिएका छन्। सरकारबाट बाहिरिँदै गर्दा आइतबार बेलुका सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा आलेले नियतबस कसैसँग नराम्रो नबोलेको बताए। आलेलाई मन्त्रालयका कर्मचारीलाई थर्काएको तथा अपशव्द बोलेर मानमर्दन गरेको आरोप लागेको […]