प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूसँग भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा नआएको भन्दै गुनासो गरेका छन् ।
शनिवार अपराह्न ३ बजे बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले प्रचण्ड-नेपाल पक्षमा लाग्नेहरूलाई 'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता भनी' सम्बोधन गरेका हुन् ।
करीब १ घण्टा बसेको बैठकमा ओली एक्लैले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले भने, 'आजको संख्यालाई मात्र तपाईंहरूले नहेर्नु होला, भोलि यो झन् बढ्छ । भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेताहरू...