उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।

सम्बन्धित सामग्री

रूपन्देहीमा साउन मसान्तसम्म निषेधाज्ञा थप

रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशमा खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ ।  यस्तै सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न उल्लेख गरिएको छ ।निषेधाज्ञा अवधिमा शान्ति सु

निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने

काठमाडौँ । मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् […]

रौतहटमा आजदेखि लागू हुने गरी थपियो निषेधाज्ञा

रौतहट। डीसीसीएसीको बैठकले राैतहटमा एक साताका लागि निषेधाज्ञा थप गरेको छ। सूचना अधिकारी वसन्त भट्टराईले जेठ १९ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर पहिलेको भन्दा खुकुलो पारी बैंक र अत्यावश्यक तथा खाद्यान्न पसल हप्ताको तीन तीन दिन खुला गर्ने गरी जेठ २६ गतेसम्म पुर्‍याईएको जानकारी दिए।

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिँदै

काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने बताएका हुन्। अब थपिने निषेधाज्ञामा खाद्यान्न पसल सञ्चालनसम्बन्धि खुकुलो नीति लिने उनले बताए।

निषेधाज्ञा १० दिन थपिने, अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ । खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रा

उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि