थप एक साता लम्बियो काठमाडौं उपत्यकामा निषेधाज्ञा, खाद्यान्न पसल बिहान मात्र खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप भएको छ । । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अबदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ । शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरको छ । साथै बैंक तथा वित्तिय संस्...