काठमाण्डौमा आजदेखि खाद्यान्न पसल बन्द, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।  यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । झण्डै एक महिनादे...