काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि