रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]