अमेरिकी रक्षा विभागका अधिकारीले युक्रेनको राजधानी किभ र चेर्निहिव शहरबाट अब रुसी सेना पूर्ण रुपमा फिर्ता भइसकेको दाबी गरेको छ ।बुधबार मिडियासँगको कुराकानीमा पेन्टागनका अधिकारी जोन किर्बीले भने, ‘किभ र चेर्निहिव नजिकैबाट रुसको सेना पूर्ण रुपमा फिर्ता भइसकेको छ । ’उनले भने, ‘हामीले किभ र चेर्निहिवमा रुसी बल देखिरहेका छैनौँ ।’उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा विफल रहे । किर्बीले भने, ‘उनीहरुले सानो जनसंख्या