युक्रेनको राजधानी किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन् । आगामी ९६ घन्टा अर्थात् ४ दिनमा किभमा रुसको कब्जा हुने आशंका समेत जेलेन्स्कीले गरेको छ । रुसी सेनाले आवासीय क्षेत्रमा निशाना बनाइरहेको उनले बताए । उनले रुसी

सम्बन्धित सामग्री

रुसी फौजले किभ कब्जा गर्न चाहेको होइन: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजले युक्रेनको राजधानी किभ कब्जा गर्न कहिल्यै नचाहेको उल्लेख गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार सन् २०२२ फेब्रुअरीमा किभ नजिकै रुसी सेना आउनुको कारण चैँ युक्रेनी राष्ट्रपतिलाई वार्तामा ल्याउन भएको पुटिनले तर्क गरेका छन् । शुक्रबार रुसका शीर्ष कूटनीतिज्ञहरुसँगको कुराकानीमा पुटिनले यस्तो बताएका हुन् । उनले […]

युक्रेनको राजधानी किएभ नजिक अर्को सामूहिक चिहान फेला

युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।   किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएकाे थियाे । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ...

रुसका सयौं सैन्य गाडी युक्रेनको राजधानी पसेपछि…

एजेन्सी, २९ फागुन । सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो । किभमा रातभर रुसी सेनाले हवाई हमला गरेको थियो । राजधानी बाहिरको सैन्य अखडाहरुमाथि बम हमला गरेको थियो । रुसी सेनाले युक्रेनी सैन्य अखडाहरुमाथि कब्जा जमाएको दाबी गरेको छ । किभमा […]

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]