काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]