काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवार रहेका विमलेन्द्र निधिले शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानका लागि भोट दिन आग्रह गरेका छन्।आज विज्ञप्ति जारी गर्दै निधिले देउवाले टेलिफोन गरेर र आफ्नै निवासमा आएर सहयोगका लागि आग्रह गरेको बताएका छन्। देउवाको आग्रहलाई स्वीकार गर्दै आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको निधिले विज्ञप्तिमा उल्लेख गरेका छन्।उनले आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई दोस्रो चरणमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन्। पहिलो चरणको चुनाव