पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक न