काठमाण्डाै – काठमाण्डौमा रहेको अमेरिकी दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको छ । सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले कुनै विषयमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा रहेको भन्दै एमसीसी बहसमा पनि यो कुरा लागू हुने बताएको हो । दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।&rsq...