प्रधानन्यायाधीशविरुद्धकाे आन्दोलनका पक्षमा उभिन कांग्रेसका १२ नेताको आह्वान

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनका पक्षमा उभिन आह्वान गरेका छन् ।आज शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर कांग्रेसका १२ युवा नेताले न्यायिक शुद्धीकरणका लागि भइरहेको आन्दोलनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति...