काठमाडौँ, २४ माघ । सांसदहरूले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार कृषि क्षेत्रको उत्पादन, विकास र प्रवर्द्धनमा ध्यान दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन प्रविधिमैत्री र प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । सांसद भुवनबहादुर सुनारले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार रहेको कृषिको आधुनिकीकरण […]