विप्लव नेतृत्वको नेकपाले थाल्यो खोटाङमा कृषि अभियान

खोटाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङमा कृषि अभियान थालेको छ । उत्पादनलाई जोड दिने पार्टीको नीतिअनुसार पार्टीका नेता कार्यकर्ताले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पामा आलु खेती सुरु गरेका हुन् ।कृषिबाटै देशमा समृद्धि सम्भव रहेको सन्देश प्रवाह गर्न कृषि उत्पादन थालिएको पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ […]