सडकको ट्रयाक खोल्ने काम लगभग पूरा भएको छ । अब सडकको नाली, ड्रेन, कल्भर्ट बनाएर बाह्रै महिना गाडी चल्ने बनाउन प्रत्येक पालिकालाई ५० लाखका दरले बजेट विनियोजन गरेका छौ । सरकार तीन ठाउँमा बसेकाले बजेट धेरै आएको छ । बजेट खर्च गर्ने संयन्त्रमा जनशक्ति कम भएकाले प्रदेश र संघबाट आएका सडकका योजनाको बजेट प्रभावकारी कसरी होला भन्ने चिन्ता छ ।