काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।
योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदाे अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजना...