हामीले फेर्ने सासमा प्रदूषित हावा छ । प्रदूषित पानी पिइरहेका छौं । एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । विश्व स्वास्थ्य सगंठनले २०१६ मा वायु प्रदूषणसम्बन्धी गरेको एक अनुसन्धानले काठमाडौं उपत्यकामा ५ गुणाले वायु प्रदूषण बढेको देखाएको छ । विश्व स्वास्थ्य सगंठनको २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ ।