लैजाउ मलाई, कतै कहीँ टाढा टाढा, थाकी सकेँ, कुर्दा कुर्दै, अल्झिएका ती सपना प्यारा...कोभिड महामारीसँगै थुनिएकी एक सर्जकका गुनासाका पंक्ति हुन् यी । कयौं सपना र योजनामा महामारी भारी बन्दा कोरिएका शब्दहरू हुन् । ‘घर भित्रै बस्दा बस्दा सपनाहरू थाकि सके, अहँ समयले कतै कहीँ जान दिएन,’ गायिका अभया सुब्बा भन्छिन्, ‘अब त कतै टाढा लैजाउ मलाई, अल्झिएका सपना पूरा गर्न देउ भनेर लेखेँ । ’कोरोनाकै कारण २०७६ चैत ११ पछि साँच्चै थुप्रैका सपना टुटे, योजनाहरू भत्किए । अझ कल