काठमाडौँ।
फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ, विमा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट, भेटेरिनरी, मास्कसम्बन्धी सेवा लगायतमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ।