काठमाण्डाै – सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रूपमा राखेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै ती क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरे...