कोरोना जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ । यो प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधनहरू सञ्चालन गर्नुपर्ने छ ।
यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगा...