सिटिजन लाइफको नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा’ नामक नयाँ योजना

सम्बन्धित सामग्री

सिटिजन लाइफको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश घोषणा गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

समता फाउन्डेसनलाई सिटिजन लाइफको आर्थिक सहयोग

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको सातांै वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । समताले विभिन्न जिल्लाका ८३ विद्यालयमा प्रतिविद्यार्थी मासिक शुल्क रू. १०० मा अध्यापन गराउँदै आएको छ । समताले गरीब तथा जेहेनदार विद्यार्थीलाई सबैभन्दा न्यून शुल्कमा विज्ञान, नर्सिङ विषय लगायत मेडिकल विषयसम्बन्धी शिक्षा प्रदान गर्ने योजना बनाएको बताइएको छ । कम्पनीले यही उद्देश्यमा सघाउन रू. ५ लाख उपलब्ध गराएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले समता फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । वार्षिकोत्सवको अवसरमा कम्पनीका विभिन्न शाखाले बीमा साक्षरता कार्यक्रम, र्‍याली, रक्तदान कार्यक्रम, समुदायका लागि शीपमूलक तालीम, शैक्षिक सामग्रीको अभाव भई शिक्षाबाट वञ्चित विद्यार्र्थीको लागि शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।

सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । असोज १० गते कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ दोस्रो बजारमा सूचीकृत गराएको हो । कुल कित्ता आईपीओमध्ये सर्वसाधारणतर्फ १ करोड १२ लाख ५० हजार कित्ता र संस्थापकतर्फ २ करोड ६२ लाख ५० हजार कित्ता  छ । कम्पनीले कारोबारका लागि सिएलआई नेप्से सिम्बोल प्राप्त गरेको छ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओ अब आइतवारदेखि कारोबारमा आउनेछ । उक्त दिन स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि खुला मूल्य न्यूनतम १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम मूल्य ५१७ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले तोकेको मूल्यका आधारमा आइतवार कम्पनीको शेयर कारोबारमा आउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको थियो । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । आर्थिक वर्ष ०७६/७७ देखि नै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ ।

सिटिजन लाइफको आईपीओ दोस्रो बजारमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । बुधवार कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ दोस्रो बजारमा सूचीकृत गराएको हो ।  कुल कित्ता आईपीओमध्ये सर्वसाधारणतर्फ १ करोड १२ लाख ५० हजार कित्ता र संस्थापकतर्फ २ करोड ६२ लाख ५० हजार कित्ता रहेको छ । कम्पनीले कारोबारका लागि सिएलआई नेप्से सिम्बोल प्राप्त गरेको छ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओ अब आइतवारदेखि कारोबारमा आउनेछ । उक्त दिन स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि खुला मूल्य न्यूनतम १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम मूल्य ५१७ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले तोकेको मूल्यका आधारमा आइतवार कम्पनीको शेयर कारोबारमा आउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको थियो । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । आर्थिक वर्ष ०७६/७७ देखि नै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ ।

सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा बिहीवार बाँडफाँट हुँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट मिति तय गरेको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले भदौ २८ गते बिहीवार दिउँसो २ बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको छ । भाग्यमानी ९ लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १०÷१० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।  कम्पनीको आईपीओ खरीदका लागि १५ लाखभन्दा बढीको आवेदन परेको जानकारी विक्री प्रबन्धकले दिएको छ । यस आधारमा ६ लाखभन्दा बढी आवेदकहरूको हात भने खाली हुने देखिएको छ । सर्वसाधारणमा आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रुपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री बाँडफाँट गरिसकेको छ । योबाहेक १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ । यो कम्पनी नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ कात्तिक २ गतेदेखि सञ्चालनमा छ । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो ।  हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीमा छ । कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो ।  हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ ।  आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ ।

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा : २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

जेठ २८, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।  हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको जानकारी दिएको छ । लकडाउनको समयमा उनका श्रीमान ध्रुव खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम रू. १० लाख, बोनस रकम रू. ३५ हजार तथा काजकृया खर्च बापत रू. ५० हजार गरि जम्मा रू. १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुव खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ता बराबरको रू. ७८ हजार ७९७ रकम जम्मा गरेका थिए । रकम बीमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान ध्रुव राज खत्रीले जानकारी गराए । कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनु पर्नेमा जोड दिए ।  उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।

सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवा शुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवाको शुरुवात गरेको छ ।यस सुविधा मार्फत अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको वित्तीय विवरण