सिटिजन लाइफको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश घोषणा गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

सम्बन्धित सामग्री

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३ दशमलव ०१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कुल लाभांशमध्ये १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ ।

प्रभु बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, मंसिर २ । प्रभु बैंक लिमिटेडले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी […]

नेपाल टेलिकमको लाभांश घोषणा, पहिलो पटक बोनस शेयर पनि प्रस्ताव

नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।  जस अनुसार कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  कम्पनीले चैत्र २४ गते बिहिबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो ।  कम्पनीले सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १. साधारण प्रस्ताव : क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने । ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने। घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ पन्त्रालयबाट स्वीकृत पए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको पुनाफा रकम पध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०|- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयर पा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने। २. विशेष प्रस्ताव : क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने। ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को पुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००।- (अक्षरेपी अठार अब) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनसमात्रै ७५ प्रतिशत

७ पुस, काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मुनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश […]

लाभांश घोषणा : वाणिज्यभन्दा कम छैनन् विकास बैंक

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेकै समयमा विकास बैंकहरुले पनि शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छ […]

एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ०

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]