सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो
काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरण
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कबापतको रकम गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा […]
नेपालमै पहिलोपटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे 'कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना' सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकमबराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ ।
काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको […]
काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ । कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू […]
१० चैत, काठमाडौं । बीमा समितिले बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिको नयाँ निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम […]
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । साथै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।
विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा य
नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु