समता फाउन्डेसनलाई सिटिजन लाइफको आर्थिक सहयोग

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको सातांै वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । समताले विभिन्न जिल्लाका ८३ विद्यालयमा प्रतिविद्यार्थी मासिक शुल्क रू. १०० मा अध्यापन गराउँदै आएको छ । समताले गरीब तथा जेहेनदार विद्यार्थीलाई सबैभन्दा न्यून शुल्कमा विज्ञान, नर्सिङ विषय लगायत मेडिकल विषयसम्बन्धी शिक्षा प्रदान गर्ने योजना बनाएको बताइएको छ । कम्पनीले यही उद्देश्यमा सघाउन रू. ५ लाख उपलब्ध गराएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले समता फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । वार्षिकोत्सवको अवसरमा कम्पनीका विभिन्न शाखाले बीमा साक्षरता कार्यक्रम, र्‍याली, रक्तदान कार्यक्रम, समुदायका लागि शीपमूलक तालीम, शैक्षिक सामग्रीको अभाव भई शिक्षाबाट वञ्चित विद्यार्र्थीको लागि शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक सेवाका लागि सिटिजन लाइफको सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगर महानगरपालिकाको भानु टोलमा रहेको नेपाल ग्रामीण विकास समाज केन्द्रलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले त्यहाँका ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी विश्रामालय) र...

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवालाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र ‘एनआरडीएससी’ द्वारा ज्येष्ठ नागरिक दिवा सेवा ब्रह्मज्ञानी विश्रामालय र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग गेरेको छ । कम्पनीले विराटनगर महानगरपालिकास्थित ब्रह्मज्ञानी विश्रामालयलाई एक लाख रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । यस एनआरडीएससी संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र […]

सिटिजन लाइफद्वारा आर्थिक सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरलाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यवस्थापन गरेको ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी विश्रामालय) र फिजियोथेरापी सेवा कार्यका लागि बैंकले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर, गरीब, असहाय तथा वृद्धवृद्धालाई नि:शुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइ लगायत कार्यक्रम गर्दै आएको छ ।