सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा : २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

जेठ २८, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।  हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको जानकारी दिएको छ । लकडाउनको समयमा उनका श्रीमान ध्रुव खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम रू. १० लाख, बोनस रकम रू. ३५ हजार तथा काजकृया खर्च बापत रू. ५० हजार गरि जम्मा रू. १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुव खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ता बराबरको रू. ७८ हजार ७९७ रकम जम्मा गरेका थिए । रकम बीमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान ध्रुव राज खत्रीले जानकारी गराए । कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनु पर्नेमा जोड दिए ।  उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । 

सम्बन्धित सामग्री

सानिमा बैंकद्धारा १० लाख को दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।  बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ । ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू […]

सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्

बीओकेको बीमा दाबी रकम भुक्तानी

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले बीओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तताबापत ५ लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । खातावाहक खत्री दुर्घटनामा परी पूर्ण रूपमा अशक्त भएकाले बैंकले बीमा सेवाप्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्ससँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालय प्रमुख गणेश खत्रीले बीमा दाबी रकम गोपाल खत्रीलाई हस्तान्तरण गरे ।

जनउत्थान सामुदायिक लघुवित्तले मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण गर्यो

काठमाडौं, ४ कात्तिक । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी रुपन्देही स्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैकिङ्ग समुदायकी सदस्यस्व.श्री गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । गुरुङ्गको भदौ १० […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो । नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजने

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो । उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन  नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।  उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ ल...

एनआईसी एशिया बैंकले गर्यो २० लाख बीमा भुक्तानी

काठमाडौं, २२ बैशाख । एनआईसी एशिया बैंकले २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको । बैकको चमत्कारीक बचत अन्तर्गत सो रकम बुटबलकी निशा श्रेष्ठ आले कक्षपति र बिन बहादुर वर्मालाई भुक्तानी गरेको हो । निशाका पति जवीन प्रसादको घातक रोग उपचार वापत १० लाख र वर्मालाई पनि घातक रोगको उचार वापत १० लाख रुपैयाँ भुक्तानी […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।पालुङमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हक वालालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।बैंक...