सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । असोज १० गते कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ दोस्रो बजारमा सूचीकृत गराएको हो । कुल कित्ता आईपीओमध्ये सर्वसाधारणतर्फ १ करोड १२ लाख ५० हजार कित्ता र संस्थापकतर्फ २ करोड ६२ लाख ५० हजार कित्ता  छ । कम्पनीले कारोबारका लागि सिएलआई नेप्से सिम्बोल प्राप्त गरेको छ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओ अब आइतवारदेखि कारोबारमा आउनेछ । उक्त दिन स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि खुला मूल्य न्यूनतम १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम मूल्य ५१७ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले तोकेको मूल्यका आधारमा आइतवार कम्पनीको शेयर कारोबारमा आउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको थियो । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । आर्थिक वर्ष ०७६/७७ देखि नै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ ।  

सम्बन्धित सामग्री

सिटिजन लाइफको आईपीओ दोस्रो बजारमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । बुधवार कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ दोस्रो बजारमा सूचीकृत गराएको हो ।  कुल कित्ता आईपीओमध्ये सर्वसाधारणतर्फ १ करोड १२ लाख ५० हजार कित्ता र संस्थापकतर्फ २ करोड ६२ लाख ५० हजार कित्ता रहेको छ । कम्पनीले कारोबारका लागि सिएलआई नेप्से सिम्बोल प्राप्त गरेको छ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओ अब आइतवारदेखि कारोबारमा आउनेछ । उक्त दिन स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि खुला मूल्य न्यूनतम १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम मूल्य ५१७ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले तोकेको मूल्यका आधारमा आइतवार कम्पनीको शेयर कारोबारमा आउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको थियो । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । आर्थिक वर्ष ०७६/७७ देखि नै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ ।