सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा बिहीवार बाँडफाँट हुँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट मिति तय गरेको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले भदौ २८ गते बिहीवार दिउँसो २ बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको छ । भाग्यमानी ९ लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १०÷१० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।  कम्पनीको आईपीओ खरीदका लागि १५ लाखभन्दा बढीको आवेदन परेको जानकारी विक्री प्रबन्धकले दिएको छ । यस आधारमा ६ लाखभन्दा बढी आवेदकहरूको हात भने खाली हुने देखिएको छ । सर्वसाधारणमा आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रुपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री बाँडफाँट गरिसकेको छ । योबाहेक १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ । यो कम्पनी नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ कात्तिक २ गतेदेखि सञ्चालनमा छ । २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको यो कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमासम्बन्धी कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो ।  हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीमा छ । कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो ।  हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ ।  आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ ।

सम्बन्धित सामग्री

बाँडफाँट भएको २८ दिनमा सूचीकृत भयो रिलायबल नेपाल लाइफको आईपीओ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको २८ दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा साउन २३ देखि साउन २६ गतेसम्म विक्री गरेको आईपीओ साउन ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारण समेतको कुल ४ करोड कित्ता आईपीओ नेप्सेमा भदौ २७ गते सूचीकृत गराएको हो ।  कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत अर्थात् २ करोड ८० लाख कित्ता र सर्वसाधारणतर्फको ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता स्वामित्व छ । सर्वसाधारणतर्फको शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारमा आउनेछ ।  कम्पनीको शेयर कारोबार आरएनएलआई स्टक संकेतबाट हुने जानकारी नेप्सेले दिएको छ । कम्पनीको आरटीएस सेवा काठमाडौंको ज्ञानेश्वरस्थित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कार्यालयबाट हुनेछ । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारण तर्फको कुल कित्ता स्वामित्वमा वैदेशिक रोजगारीमा रहेका नेपालीको १२ लाख कित्ता, कर्मचारीहरूको ६ लाख कित्ता, सामूहिक लगानीकोषको ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता भने सार्वजनिक निष्कासनमार्फत आम सर्वसाधारणमा विक्री गरिएको हो ।  कम्पनीका कर्मचारीहरूमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरिएको हो । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ । कति पायो खुला मूल्य ?  कम्पनीको पहिलो कारोबारका लािग नेप्सेले खुला मूल्य समेत निर्धारण गरेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम प्रतिकित्ता ४८६ रुपैयाँ ८७ पैसासम्मको मूल्य रेञ्ज तोकिदिएको हो ।  नेप्सेले तोकेको खुला मूल्यकै आधारमा आइतवार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भएमा मात्र नियमित सेसनमा कारोबार शुरू हुनेछ ।

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, करिब आधाको हात रित्तो

सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफको आईपीओ खुला भएको थियो ।

सन नेपाल लाइफको आईपीओ भोलि बाँडफाँट हुने, ८ लाखभन्दा बढी आवेदकको हात खाली हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्यांक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ ।  कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको थियो ।

सन नेपाल लाइफको आईपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्यांक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ ।  कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको थियो ।

सन नेपाल लाइफको आईपीओ बिहीवारदेखि सर्वसाधारणमा निष्कासन हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भोलि (बिहीवार)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।  यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि थप हुने कम्पनीको भनाइ छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

रिलायबल नेपाल लाइफको आईपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार साँझ सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ९६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणमा उक्त आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल १३ लाख ६४ हजार ३५३ जना आवेदकहरूले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरूमध्ये १३ लाख ५६ हजार ८३६ जनाको आवेदन मात्र रितपूर्वक प्राप्त भएको हो । रितपूर्वक नभएका ७ हजार ५१७ जनाको आवेदन रद्द भएको जानकारी समेत विक्री प्रबन्धकले गराएको छ । रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी ९ लाख ६० हजार जना आवेदकले मात्र १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ विक्री गरेको हो ।  सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।  कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको छ ।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ कायम भएको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।  जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ ।

रिलायबल नेपाल लाइफको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि अर्थात बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आईपीओ भोलि ५ ः३० बजे बाँडफाँट हुने जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा  १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । यस आधारमा भाग्यमानि ९ लाख ६० हजार जना आवेदकले १० /१० कित्ताका दरले शेयर पाउनेछन् ।  कम्पनीले साउन २३ गते देखि २६ गते सम्म आईपीओ विक्री खुला गरेको थियो । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । त्यस्तै यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुला

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मंगलबारदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गरेको हो । कम्पनीले जारी […]

सानिमा लाइफको आईपीओ डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

भदौ १४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।

सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि बाँडफाँट हुने भएको हो ।