सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवा शुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवाको शुरुवात गरेको छ ।यस सुविधा मार्फत अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो । नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजने

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो । उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन  नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।  उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ ल...

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा : २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

जेठ २८, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।  हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको जानकारी दिएको छ । लकडाउनको समयमा उनका श्रीमान ध्रुव खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम रू. १० लाख, बोनस रकम रू. ३५ हजार तथा काजकृया खर्च बापत रू. ५० हजार गरि जम्मा रू. १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुव खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ता बराबरको रू. ७८ हजार ७९७ रकम जम्मा गरेका थिए । रकम बीमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान ध्रुव राज खत्रीले जानकारी गराए । कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनु पर्नेमा जोड दिए ।  उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।

सिटिजन लाइफले सुरु गर्यो ‘डिजिटल सिटिजन’ अभियान

काठमाडौं, २० जेठ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन बिमा दाबी सेवा शुरु गरेको छ । कम्पनीले शुरु गरेको यस ‘डिजिटल सिटिजन’अभियान अन्तर्गत अबदेखि सेवाग्राहीले बीमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमै गइराख्नु पर्ने छैन् । कम्पनीले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी गर्न सकिने जनाएको छ । बैंकको अनुसार कम्पनीको वेबसाइटमा […]

सिटिजन लाइफले थाल्यो अनलाइन बीमा दाबी सेवा

ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नवीनतम योजनाहरु ल्याउन अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ।