वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत बारा जिल्लाबाट ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उद्योगी तथा व्यवसायीहरूले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धन, विभिन्न दल तथा स्वतन्त्र रूपमा उद्योगी–व्यवसायी चुनावी मैदानमा होमिएपछि औद्योगिक करिडोरमा उद्यमीको उम्मेदवारीलाई लिएर चर्चा पनि सुरु भएको छ । अस्पष्ट नीतिगत विधिमा सञ्चालित राज्यसत्ताको उल्झन फुकाउनेदेखि क्षेत्रगत विकाससँगै उद्यमी तयार गर्दै रोजगारीको […]