आजदेखि बढ्यो अमेरिकी भिसाशुल्क, अमेरिकी सरकारलाई २७ करोड डलर आम्दानी हुने अपेक्षा

आजदेखि अमेरिकी भिसा शुल्क बृद्धि भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट लागु हुनेगरी गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाएको हो । भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया […]

सम्बन्धित सामग्री

सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको नाफामा उच्च वृद्धि हुने

विश्वका वायुसेवा कम्पनी एयरलाइन्स ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको छ । यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात सङ्घ आईएटीए ले जनाएको छ । आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरुले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । आईएटीएका महानिर्देशक विली […]

इरानको तेल कर्जा चियापत्तिबाट तिर्दै श्रीलंका

पुस ८, कोलम्बो (श्रीलंका) । श्रीलंकाले इरानबाट विगतमा आयातित तेलको बक्यौता महसुल चियापत्तिबाट तिर्ने योजना बनाएको छ । श्रीलंकाली सरकारका एक मन्त्रीले बताएको भन्दै बुधवार बीबीसीले समाचार छापेको हो । इरानको २५ करोड १० लाख डलर चुक्ता गर्न श्रीलंकाले मासिक ५० लाख डलर बराबरको चियापत्ति इरानतर्फ पठाउने रमेश पाथिरानाले बताएका छन् ।  अहिले चरम कर्जा र विदेशी विनियम सञ्चिति संकटको सामना गरिरहेको छ । कोरोना भाइरसको महामारीबीच पयर्टकहरुबाट हुने आम्दानी गुमेपछि अवस्था झनै खराब बनेको छ । विदेशी कर्जा भुक्तानी गर्न पैसाको सट्टामा चियापत्ति दिन थालिएको यो पहिलो पटक भएको त्यहाँको चियापत्ति समितिका एक सदस्यले बताएका छन् ।  भुक्तानीको यस तरिकाले संयुक्त राष्ट्र संघ वा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन पनि नहुने पाथिरानाको भनाइ छ । ‘तेल खरीदबापत विगत चार वर्षदेखि इरानलाई तीर्न बाँकी रकम भुक्तानीका लागि हरेक महीना ५० लाख डलर बराबरको चियापत्ति पठाउने अपेक्षा हामीले गरेका छौं,’ रोयटर्ससँगको कुराकानीका क्रममा उनले भने ।  श्रीलंकाले वर्षेनी ३४ करोड किलो चिया उत्पादन गर्दै आएको छ । गत वर्ष यसले २६ करोड ५५ केजी चिया निर्यात गरेको थियो । चिया निर्यातको आम्दानी सन् २०२० मा १ अर्ब २४ करोड डलर रहेको थियो । एजेन्सी

एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

कात्तिक १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।  एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।  गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।  यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

फेसबुकको मुनाफा ९ अर्ब डलर

कात्तिक ९, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले अपेक्षा गरिएभन्दा धेरै मुनाफा कमाएको छ ।  आन्तरिक दस्तावेजहरु चुहिएर कम्पनी दबाबमा आएको भएपनि तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको छ । सेप्टेम्बर त्रैमासमा कम्पनीले ९ अर्ब डलर मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर रहेको थियो । अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण  समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ । सेप्टेम्बर ३० सम्मको १२ महीनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ । एजेन्सी

सोनीको आम्दानी कीर्तिमानी उचाईमा

साउन २१, टोकियो । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले जुनसम्मको तीन महीनामा कीर्तिमानी आम्दानी गरेको छ ।  कोरोना भाइरसको महामारी बीच घरमै बसेर काम गर्ने मानिसहरुबाट सुदृढ मागका कारण कम्पनीको आम्दानीले नयाँ उचाई छोएको हो । कम्पनीले आगामी वर्षको मार्चमा सकिने क्रममा रहेको चालू आर्थिक वर्षको लागि मुनाफा प्रक्षेपण पनि बढाएको छ । कम्पनीका अनुसार गत त्रैमासमा सोनीको विक्री २२ खर्ब येन (२० अर्ब डलर) माथि रहेको छ । येनका आधारमा यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो ।  समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब येन (२ अर्ब ५० करोड डलर) मा पुगेको छ । अप्रिल–जुन त्रैमासको विक्री र सञ्चालन मुनाफा दुबै अहिलेसम्मकै उच्च हो । संक्रमणबाट बच्न मानिसहरु घरमै बस्ने क्रम बढ्दा टिभी, भिडियो गेम उपकरण र म्युजिक स्ट्रिमिङ सेवाको विक्री बढेको छ । एक वर्ष अघिको तुलनामा डिजिटल क्यामराको विक्रीमा सुधार आएको कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन मुनाफा  प्रक्षेपण ५ प्रतिशतले बढाएर ९ खर्ब ८० अर्ब येन (९ अर्ब डलर) मा पुर्‍याएको छ । केही समयसम्म कम्पनीको उत्पादन र सेवाको माग सुदृढ रहने अपेक्षा गरिएको छ । एजेन्सी

आम्दानी बढेसँगै फेसबुकको त्रैमासिक मुनाफा १० अर्ब डलरमाथि

साउन १४, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मुनाफा दोब्बर भएको छ ।  विज्ञापनबाट हुने आम्दानीमा व्यापक वृद्धिका कारण यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको मुनाफा आकाशिएको हो ।  यद्यपि यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने मुनाफा यही दरमा निरन्तर नबढ्ने अनुमान कम्पनीको छ । अप्रिल–जुन त्रैमासमा फेसबुकले १० अर्ब ३९ करोड डलर मुनाफा कमाएको छ ।  मुनाफाको आकार प्रतिकित्ता शेयरमा २ डलर ६१ सेन्ट हुन आउँछ । गत वर्षको सोही अवधिमा फेसबुकको मुनाफा ५ अर्ब १८ करोड डलर अर्थात् प्रतिकित्ता शेयरमा १ डलर ८० सेन्ट थियो ।  समीक्षा अवधिमा आम्दानी पनि गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी २८ अर्ब ५८ करोड डलरमा पुगेको छ । यो दुबै अपेक्षा गरिएभन्दा धेरै हो ।  फ्याक्टसेटले गरेको सर्वेक्षणमा संलग्न विश्लेषणहरुले समीक्षा अवधिमा कम्पनीको मुनाफा प्रतिकित्ता ३ डलर शून्य ४ सेन्ट हुने र आम्दानी २४ डलर ८५ सेन्ट रहने बताएका थिए । रासस/ एपी

हुवावेई कम्पनी एप्पल सरह शक्तिशाली : क्वालकम सीईओ

असार १९, बार्सिलोना । अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इंकको नयाँ सीईओ क्रिस्टियानो एमोनले हुवावेई कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् । हालैमात्र कम्पनीको सीईओ नियुक्त भएका उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै हुवावेई पनि उक्तिकै शक्तिशाली रहेको बताएका हुन् । उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको स्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज हुवावेईको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा एउटा ‘ग्याप’ सृजना भएको बताए । उनले हाई–इन्ड स्मार्टफोनमा हुवावेईका लागि राम्रो अवसर रहेको र त्यसैबाट पनि एप्पलको जस्तै ठूलो बजार स्थापित गर्नसक्ने बताए । उनले चिनियाँ ब्राण्डमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको आम्दानीमा समेत असर परेको उल्लेख गरेका छन् । गत वर्ष मात्रै  कम्पनीले चिपसेटको विक्रीबाट १६ दशमलव ५ बिलियन डलर  आम्दानी गरेको थियो जसमा १२ दशमलव ८ बिलियन डलर आम्दानी मोबाइल फोनबाटै भएको थियो । स्मार्टफोनको बजारमा कम्पनीलाई अझ बढी प्रभावकारी बनाउँदै लाने योजना रहेको उनले सुनाए । हालैमात्र २६ वर्षदेखि कार्यरत क्वालकमका सीईओ स्टीभ मोलेन्कोफले अवकाश पाएका थिए । कम्पनीले फाइभजी नेटवर्क प्रविधिको तीव्र खालको संस्करणको विकास गर्न ४० भन्दा धेरै मोबाइल सेवा प्रदायक र दूरसञ्चार उपकरण निर्माता प्रदायकहरुसँग मिलेर काम गर्ने बताएको छ  । एजेन्सी