२०२८ सम्म ट्विटरको आम्दानी ५ गुणामा पुर्‍याउन खोज्दै मस्क, वार्षिक २६ अर्ब ४० करोड डलर कमाउने लक्ष्य

वैशाख २५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरको आम्दानी बढाएर पाँच गुणभन्दा धेरै माथि पुर्‍याउन खोजिरहेका छन् । यसबारे मस्कले कम्पनीका लगानीकर्ताहरुसमक्ष पेश गरेको प्रिजेनटेशनलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले शुक्रवार समाचार छापेको हो ।  सन् २०२८ सम्ममा कम्पनीको आम्दानी २६ अर्ब ४० करोड डलरमा पुर्‍याउने मस्कको लक्ष्य छ । गत वर्ष कम्पनीको आम्दानी ५ अर्ब डलर मात्रै थियो । मस्कको योजना अनुरुप सन् २०२० मा ९० प्रतिशत रहेको विज्ञापनबाट हुने आम्दानी सो अवधिमा ४५ प्रतिशतमा झर्नेछ । सन् २०२८ मा विज्ञापनबाट हुने आम्दानी १२ अर्ब डलर रहनेछ ।  सब्क्रिशनबाट अर्को १० अर्ब डलर आउनेछ । सन् २०२५ मा ट्विटरको क्याश फ्लो बढाएर ३ अर्ब २० करोड डलर र सन् २०२८ मा ९ अर्ब ४० करोड डलर पुर्‍याउने मस्कको लक्ष्य छ । गत महीना मस्कले ४४ अर्ब डलर नगद तिरेर ट्विटर किन्ने सम्झौता गरेका थिए । यसले ट्विटरको नियन्त्रण मस्कको हातमा दिनेछ । उनले कम्पनीलाई  पुनःजीवित गराउने र स्पाम बोट्स नियन्त्रण गरेर प्रयोगकर्ताको संख्या बढाउने बाचा गरेका छन् ।  सम्झौता भएपछि मस्क कम्पनीको अस्थायी सीईओ बन्न सक्ने यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै बिहीवार रोयटर्सले समाचार छापेको थियो । सन् २०२८ सम्ममा कम्पनीले भुक्तानी व्यवसायबाट १ अर्ब ३० करोड डलर कमाउने अपेक्षा मस्कको छ । पछिल्लो अफवाहबारे मस्क र ट्विटर दुवैले केही प्रतिक्रिया जनाएका छैनन् । एजेन्सी 

सम्बन्धित सामग्री

चार वर्षमा लक्ष्यभन्दा साढे १६ अर्ब कम आम्दानी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला चार वर्षमा आम्दानीको लक्ष्य हासिल गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ यताको चार वर्षमा प्राधिकरणले अनुमानित लक्ष्यभन्दा १६ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कम आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ यता लक्ष्य अनुसार आम्दानी गर्न नसकेको बताएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । प्राधिकरणको सो वर्षको वास्तविक आम्दानी लक्ष्यभन्दा ९२ करोड ७१ लाख रुपैयाँले कम छ ।  प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ यताका हरेक वर्ष आम्दानी लक्ष्य बढाउँदै लगेको देखिन्छ । उक्त लक्ष्य हासिल गर्न भने सकेको छैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले आम्दानी वृद्धि हुने भएकाले सोही अनुपातमा आयको लक्ष्य राखिएको प्राधिकरणको भनाइ छ । तर, कोभिड–१९ को असरबाट लक्ष्य प्रभावित भएको दाबी प्राधिकरणको छ ।  कोभिड–१९ का कारण २०७६ चैत ११ देखि बन्दाबन्दी भई हवाई आवागमन ठप्प रहेको, आन्तरिकदेखि अन्तरराष्ट्रिय विमानस्थल निर्माण समयमै सम्पन्न हुन नसकी ‘टाइम भ्यालू अफ मनी’मा क्षति भएको र अन्तरराष्ट्रिय हवाइ आवागमन कोभिड–१९ अघिको अवस्थामा हालसम्म पनि पुग्न नसक्दा अनुमानित लक्ष्य भेट्न नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले जहाजको ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ शुल्कका साथै विमानस्थल र प्राधिकरणको भौतिक संरचना भाडाबाट आम्दानी गर्छ ।

आन्तरिक आय छ अर्ब पुर्‍याउने लुम्बिनी सरकारको लक्ष्य

तुलसीपुर- लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने तयारी थालेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए । “हामीले यस वर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उनले भने, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा रू […]

कर्णाली प्रदेशको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ

आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य

सरकारको आम्दानी ३ खर्ब ३९ अर्ब, खर्च भने ४ खर्ब १० अर्ब रुपैयाँ

काठमाण्डाै – आर्थिक गतिविधि सुस्त हुँदा सरकारलाई राजस्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर झन्डै छ महिना पुग्न लाग्दा जम्मा तीन खर्ब नौ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाएको  छ । यो कुल लक्ष्यको जम्मा २२ दशमलव ५ प्रतिशतमात्रै हो । पोहोर छ महिनामा सरकारले तीन खर्ब ९७ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ३३ प्रतिशत राजस्व उठिसकेको थियो । यो वर्ष कर राजस्वबाट दुई खर्ब ८४ अर्ब, गैरकर राजस्वबाट २४ अर्ब ४८ करोड, अनुद...

पहिलो त्रैमासमा आम्दानी र खर्च दुबै निराशाजनक

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्व रुपैयाँ राजस्व संकलन गरेको छ।कर राजस्व १ खर्ब ८२ अर्ब ३८ करोड तथा गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ। सरकारलाई ७९ करोड अनुदान प्राप्त भएको छ भने २२ अर्ब ७४ करोड बराबरको अन्य आम्दानी प्राप्त भएको छ।यसरी सरकारको समग्र आम्दानी घट्द

सरकारको हिसाब : १११ अर्बको आम्दानी, ४३ अर्ब खर्च

चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ

सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा

काठमाडौं, २९ असार ।  सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ । तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् । इन्स्योरेन्सले गत आर्थिक […]

सरकारको खर्चभन्दा आम्दानी धेरै, स्रोत प्राप्ति लक्ष्य ५० प्रतिशत पूरा

सरकारले चालू आर्थिक वर्षको ६ महिना १५ दिनमा खर्चभन्दा आम्दानी धेरै गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यसबीच पाँच खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दा ६ खर्ब १६ अर्ब रुपैयाँ स्रोत जुटाएको हो । खर्चभन्दा स्रोत प्राप्ति ७२ अर्ब रुपैयाँ बढी हो । असार मसान्त अर्थात् आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ४० अर्ब रुपैयाँ बजेट स्रोत प्राप्त गर्ने सरकारको लक्ष्य ५० प्रतिशत पूरा भएको छ । शनिबार बेलुकीसम्म सरकारले लक्ष्यको ४९.६७ प्रतिशत स्रोत प्राप्त गरेको हो । सरकारले यो साउनदेखि हालसम्

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ ।... The post पुसमा पनि सरकारको आम्दानी कमजोर appeared first on Purbeli News.