सोनीको आम्दानी कीर्तिमानी उचाईमा

साउन २१, टोकियो । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले जुनसम्मको तीन महीनामा कीर्तिमानी आम्दानी गरेको छ ।  कोरोना भाइरसको महामारी बीच घरमै बसेर काम गर्ने मानिसहरुबाट सुदृढ मागका कारण कम्पनीको आम्दानीले नयाँ उचाई छोएको हो । कम्पनीले आगामी वर्षको मार्चमा सकिने क्रममा रहेको चालू आर्थिक वर्षको लागि मुनाफा प्रक्षेपण पनि बढाएको छ । कम्पनीका अनुसार गत त्रैमासमा सोनीको विक्री २२ खर्ब येन (२० अर्ब डलर) माथि रहेको छ । येनका आधारमा यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो ।  समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब येन (२ अर्ब ५० करोड डलर) मा पुगेको छ । अप्रिल–जुन त्रैमासको विक्री र सञ्चालन मुनाफा दुबै अहिलेसम्मकै उच्च हो । संक्रमणबाट बच्न मानिसहरु घरमै बस्ने क्रम बढ्दा टिभी, भिडियो गेम उपकरण र म्युजिक स्ट्रिमिङ सेवाको विक्री बढेको छ । एक वर्ष अघिको तुलनामा डिजिटल क्यामराको विक्रीमा सुधार आएको कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन मुनाफा  प्रक्षेपण ५ प्रतिशतले बढाएर ९ खर्ब ८० अर्ब येन (९ अर्ब डलर) मा पुर्‍याएको छ । केही समयसम्म कम्पनीको उत्पादन र सेवाको माग सुदृढ रहने अपेक्षा गरिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो । […]

कन्सर्टअघि नै १ बिलियन डलर आम्दानी गर्दै टेलर स्वीफ्टले राखिन् कीर्तिमान

काठमाडौं । गायिका टेलर स्वीफ्ट विश्वमै सर्वाधिक कमाउने मनोरञ्जनकर्ता हुन् । यस्तो देखिंदैछ कि उनको इरास टुर विश्व इतिहासमै सर्वाधिक कमाउने कन्सर्ट पनि बन्दैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कन्सर्ट सुरु हुनुअघि नै यो टुरले एक बिलियन अमेरिकी डलर कमाएको छ । यो कमाइ कन्सर्टको पहिलो कीर्तिमानी कमाइ भएको जनाइएको छ । पपस्टारको एक रिपोर्टअनुसार स्वीफ्टको […]

डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा झर्‍यो टाकाको भाउ

काठमाडौं । अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । अन्तर बैंक विनिमय बजारमा एक डलरको भाउ १०८ दशमलव ७५ टाकामा पुगेको छ । बंगलादेशको विदेशी मुद्रा विनिमय अभाव जारी रहँदा टाकाको भाउ दबाबमा आइरहेको छ । मे २२ मा डलरको तुलनामा टाकाको भाउ १०८ दशमलव ५ देखि १०८ दशमलव ७५ बीच थियो । यो एक वर्ष अघिको तुलनामा २४ दशमलव २८ प्रतिशत कम भएको बंगलादेश बैंकको तथ्यांकले देखाएको छ । यो महीना बजार खुला भएको हरेक दिन डलरको भाउ बढेको छ । मे १ मा विनिमय दर १०६ दशमलव ८ टाका थियो । आयातित वस्तुको उच्च भुक्तानी, सुस्ताएको  निर्यात आम्दानी अनि विप्रेषण आप्रवाहमा आएको कमीका कारण गएको एक वर्षयता टाकाको भाउमाथिको दबाब बढेको छ । एजेन्सी

गर्मीको लहरले गरिबी र असमानता बढाउने जोखिम

हाम्रो नयाँ अध्ययनले अप्रिल २०२२ मा कीर्तिमानी गर्मीको लहरले भारतका ९० प्रतिशत मानिस भोकमरीमा परेको, आम्दानी गुमाएको वा अकाल मृत्युको जोखिममा परेको देखाएको छ । मौसम विभागका अनुसार सन् २०२२ मा...

टेस्लाले कमायो कीर्तिमानी मुनाफा

कात्तिक ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले गएको गर्मीयाममा कीर्तिमानी संख्यामा विद्युतीय सवारी साधन बेचेको छ । कम्प्युटर चिप र अन्य सामग्रीको अभावबीच पनि कम्पनीले कीर्तिमानी मुनाफा कमाएको छ ।  कम्पनीले बुधवार बताएअनुसार तेस्रो त्रैमासमा टेस्लाले १ अर्ब ६२ करोड डलर नाफा कमाएको छ । योसँगै दोस्रो त्रैमासमा कायम भएको १ अर्ब १४ करोड डलर मुनाफको कीर्तिमान तोडिएको छ ।  मुनाफाको यो आकार गत वर्षको  सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । सन् २०२० को तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३० करोड डलर मात्रै थियो । जुलाईदेखि सेप्टेम्बर अवधिमा कम्पनीको आम्दानी १३ अर्ब ७६ करोड डलर रहेको छ । आम्दानीको यो आकार वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा कम भएपछि अहिलेसम्मकै उच्च हो । सो अवधिमा टेस्लाको आम्दानी १४ अर्ब डलरभन्दा धेरै हुने अनुमान गरिएको थियो ।  समीक्षा अवधिमा कम्पनीले प्रतिकित्ता शेयरमा १ डलर ८६ सेन्ट मुनाफा गरेको छ । सो अवधिमा यो मुनाफा प्रतिकित्ता १ डलर ६२ सेन्ट रहने विश्लेषकहरुले अनुमान गरेका थिए । एजेन्सी

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]

आम्दानीमा सामसुङको कीर्तिमान, ३ महिनामा ६० खर्ब आम्दानी

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट …

अमेरिकी श्रम बजार विस्तार

खुद्रा बिक्री र स्वास्थ्य सेवा फर्ममा भएको रोजगारी वृद्धिले अमेरिकी श्रम बजार लगातार १० औैं वर्षमा पनि विस्तार भएको छ । देशको ३.५ प्रतिशतको बेरोजगारी दर कीर्तिमानी न्यून कायम भएप्को छ भने आम्दानी वृद्धि भने नोभेम्बरको तुलनामा ओरालो लागेको छ । वार्षिक घन्टाको ज्याला भने २.९ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो नोभेम्बरको ३.१ प्रतिशत वृद्धिको तुलनामा कम हो । डिसेम्बरमा रोजगारी वृद्धि अघिल्लो महिनाको तुलनामा घटेको छ ।

बोइङका सीइओलाई चुनौती

बोइङका ५५ वर्षिय सीईओ डेनिस मुलेनबर्गले गत वर्ष तलब तथा अन्य सुविधा गरेर ३ करोड डलर अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए । गत वर्ष उनले हात पारेको यो रकम अघिल्लो वर्षको तुलनामा ६० लाख डलर बढी हो । २०१८ मा पहिलो पटक बोइङको आम्दानी १०१ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुगको थियो । यसबाट मुलेनबर्गले पनि फाइदा लिएका थिए । तर इथियोपियन विमान दुर्घटना भएपछि मुलेनबर्गले आफ्नो ३४ वर्षको करियरमा सर्वाधिक नराम्रो अवस्थाबाट गुज्रन परेको छ ।

सामसङको आम्दानी एप्पलको भन्दा बढी - Karobar National Economic Daily

सोलः चालू वर्षको दोस्रो त्रैमासमा सञ्चालन नाफाको दृष्टिकोणबाट सामसङले एप्पललाई उछिन्ने देखिएको छ । सामसङले अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा १४ ट्रिलियन वन अर्थात् १२ अर्ब अमेरिकी डलरको कीर्तिमानी उच्च आम्दानी…