इरानको तेल कर्जा चियापत्तिबाट तिर्दै श्रीलंका

पुस ८, कोलम्बो (श्रीलंका) । श्रीलंकाले इरानबाट विगतमा आयातित तेलको बक्यौता महसुल चियापत्तिबाट तिर्ने योजना बनाएको छ । श्रीलंकाली सरकारका एक मन्त्रीले बताएको भन्दै बुधवार बीबीसीले समाचार छापेको हो । इरानको २५ करोड १० लाख डलर चुक्ता गर्न श्रीलंकाले मासिक ५० लाख डलर बराबरको चियापत्ति इरानतर्फ पठाउने रमेश पाथिरानाले बताएका छन् ।  अहिले चरम कर्जा र विदेशी विनियम सञ्चिति संकटको सामना गरिरहेको छ । कोरोना भाइरसको महामारीबीच पयर्टकहरुबाट हुने आम्दानी गुमेपछि अवस्था झनै खराब बनेको छ । विदेशी कर्जा भुक्तानी गर्न पैसाको सट्टामा चियापत्ति दिन थालिएको यो पहिलो पटक भएको त्यहाँको चियापत्ति समितिका एक सदस्यले बताएका छन् ।  भुक्तानीको यस तरिकाले संयुक्त राष्ट्र संघ वा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन पनि नहुने पाथिरानाको भनाइ छ । ‘तेल खरीदबापत विगत चार वर्षदेखि इरानलाई तीर्न बाँकी रकम भुक्तानीका लागि हरेक महीना ५० लाख डलर बराबरको चियापत्ति पठाउने अपेक्षा हामीले गरेका छौं,’ रोयटर्ससँगको कुराकानीका क्रममा उनले भने ।  श्रीलंकाले वर्षेनी ३४ करोड किलो चिया उत्पादन गर्दै आएको छ । गत वर्ष यसले २६ करोड ५५ केजी चिया निर्यात गरेको थियो । चिया निर्यातको आम्दानी सन् २०२० मा १ अर्ब २४ करोड डलर रहेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

श्रीलंकाको ऊर्जा बजारमा चिनियाँ कम्पनी जान खोजेपछि…

एजेन्सी, २६ साउन । श्रीलंका ठूलो आर्थिक संकटमा छ । यसका पछाडि चिनियाँ ऋणलाई पनि एउटा कारण बताइएको छ । चिनियाँ कम्पनीहरु धेरैवटा श्रीलंकामा सक्रिय छन् । पछिल्लो समय सिनोपेक नामको ऊर्जासम्बन्धी कम्पनी श्रीलंकाको तेल बजारमा पस्न खोजेको स्थानीय मिडियाले उल्लेख गरेको छ । डेली मिररले उक्त कम्पनीले तेलको आयात, वितरण र विक्रीका लागि अनुमति […]

श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ ।  पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद

इन्धनविहीन बन्दै श्रीलंका, मात्र एक दिनलाई पुग्ने

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा  आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् ।  तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।

श्रीलंका संकट : एक दिनलाई पुग्ने इन्धन छैन

कोलम्बो – श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री […]

रूससँग इन्धन किन्न श्रीलंका तयार

कोलम्बो – चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ। एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन्। युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द […]

श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा मोरागोडाले भारतकी अर्थमन्त्री निर्मला सीथारमनलाई गत हप्ता भेटी सहयोगबारे कुरा गरेको डेली मिरर पत्रिकाले लेखेको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका ठूलो आर्थिक […]

श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो

एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो । श्रीलंका ठूलो आर्थिक संकटमा छ । विदेशी रकम संचिती निकै कम भएर टाट पल्टने अवस्थामा पुगेको छ । श्रीलंकाका अर्थमन्त्री अली साबरीले भारतकी विदेशमन्त्री […]

युक्रेन युद्धको मूल्य चुक्ता गर्दै श्रीलंका र विकासशील देशहरू

इन्डोनेसियाको नुडल क्राइसिस, श्रीलंकामा बिक्री नभएको चियाको थुप्रो, र अफ्रिकाका धेरैजसो भूभागमा खाद्यान्न अभावका साथ विकासशील देशहरु युक्रेनमाथि रुसी आक्रमणको प्रभाव अनुभूति गरिरहेका छन् । युक्रेन युद्धले रूस विरुद्धको व्यापक प्रतिबन्ध र व्यापारमा अवरोधको प्रभावको संयुक्त प्रभाव मार्फत विश्वभर इन्धन, खाना पकाउने तेल र खानाको लागत बढाउँदैछ। इराक र टर्की पछि रसिया श्रीलंकाको चियाको तेस्रो […]