लगातार तेस्रो त्रैमासमा पनि गूगल सर्च इन्जिनको आम्दानीमा नयाँ रेकर्ड, शेयरलाई २० भागमा टुक्याउने

  माघ १९, काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलको मातृ कम्पनी अल्फाबेटले गएको त्रैमासमा अहिलेसम्मकै उच्च त्रैमासिक आम्दानी गरेको छ । गत वर्षको अक्टोबर–डिसेम्बर त्रैमासमा कम्पनीको विक्री ३२ प्रतिशतले बढी ७५ अर्ब ३० करोड डलरमा उक्लिएको छ । योसँगै कम्पनीको विक्रीले लगातार तेस्रो त्रैमासमा पनि नयाँ उचाई छोएको हो । यो रिफिनिटिभको सर्वेक्षणमा वित्तीय विश्लेषकहरुले गरेको औसत अनुमानभन्दा धेरै हो । समीक्षा अवधिमा कम्पनीले कुल ७२ अर्ब डलर बराबरको विक्री गर्ने अपेक्षा सर्वेक्षणमा गरिएको थियो ।  कोरोना भाइरसको महामारी बीच उपभोक्ताहरुले गूगलको सर्च इञ्जिनको प्रयोग गरेर अनलाइन शपिङ गर्ने क्रममा भएको वृद्धि र विज्ञापनदाताहरुले आफ्नो मार्केटिङ बजेट बढाउँदा अल्फाबेटको आम्दानी बढेको हो । इन्टरनेटमा आउने विज्ञापनबाट सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनी हो गूगल । निकट भविष्यमा यसको वृद्धि रोकिदै नरोकिने देखिएको छ । कोरोना भाइरसको महामारीका कारण डिजिटल विज्ञापनमाथिको निर्भरता तीव्र पारेको छ । यसले पनि कम्पनीले टेवा पाएको हो ।  सन् २०२१ भर भने कम्पनीको विक्री ४१ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब डलरको नयाँ उचाईमा उक्लिएको छ । सन् २०२० मा भने विक्री १३ प्रतिशतले मात्रै बढेको थियो । गत वर्ष अल्फाबेटको कूल आम्दानीमा युटयूब समेत गूगलको विज्ञापन व्यवसायको अनुपात ८१ प्रतिशत रहेको छ । पछिल्लो समय अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन र चिनियाँ कम्पनी बाइटडान्सको शर्ट भिडियो शेयरिङ एप टिकटकले विश्वको विज्ञापन बजारमा गूगलको हिस्साको स–साना हिस्सा आफ्नो पोल्टामा पारिरहेका छन् । तर बजारमा रहेको गूगलको वचश्र्वमा खासै धेरै कमी नआउने विश्लेषकहरु बताउँछन् ।  गूगलको क्लाउडलगायत सहायक व्यवसायले पनि समग्र विक्री बढाउन टेवा दिइरहेको छ । गत वर्षको अन्तिम त्रैमासमा अल्फाबेटको त्रैमासिक मुनाफा २० दशमलव ६ अर्थात् प्रतिकित्ता शेयरमा ३० डलर ६९ सेन्ट रहेको छ । योसँगै त्रैमासिक मुनाफा लगातार चौथो त्रैमास पनि नयाा उचाईमा पुगेको छ । गत वर्षभर भने कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलना ८९ प्रतिशतले बढी ७६ अर्ब डलरमा  उक्लिएको थियो । मुनाफा बढेसँगै कम्पनीको नगद सञ्चिति पनि गत वर्ष ३ अर्ब डलरले बढेर १ खर्ब ३९ अर्ब ६० करोड डलरमा पुगेको छ ।  पछिल्लो समय शेयरमूल्य बढेपछि अल्फाबेटले एउटै शेयरलाई २० हिस्सामा टुक्रयाउने योजना बनाएको छ । यसको अर्थ जुलाई १ सम्ममा कम्पनीको शेयरधनीका रुपमा रहेका लगानीकर्ताहरुले आफूसँग रहेको हरेक एक कित्ता शेयरको लागि थप १९ कित्ता शेयर पाउनेछन् । शेयर टुक्रयाउने यो योजनालाई कम्पनीका शेयरधनीहरुले अनुमति दिन बाँकी छ । यो कदम पछि कम्पनीको शेयर झनै सुलभ हुने छ । अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक र विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयर पनि सन् २०२० मा टुक्रयाएपछि बढेको थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

लुम्बिनीको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौं जित हात पारेको छ । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । एक समय ५–४ […]

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।...

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

नेपालको लगातार दोस्रो जित

काठमाडौं, साउन १२ । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै बल पोसेसन […] The post नेपालको लगातार दोस्रो जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी […]

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।...

गुजरातको लगातार दोस्रो जित

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]

टि२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ । जितको लागि १ सय ४८ रनको विजयी […]

एट्लेटिकोको लगातार दोस्रो जित

एजेन्सी – साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो । एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]