प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो । 

सम्बन्धित सामग्री

अहिले बिजुली व्यापार गर्ने बेला भएकाे छैन : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बिजुली व्यापार गर्ने बेला नभएको जिकिर गर्नुभएकाे छ । उहाँले भारतप्रति सङ्केत गर्दै छ रुपैयाँ प्रतियुनिटमा बिजुली बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा बिजुली किन्न नहुनेसमेत बताउनुभयाे ।  शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि बिजुली आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसक...

नदीमा जलसतह घटेपछि भारतमा भइरहेको बिजुली निर्यात रोकियो

काठमाण्डाै – नदीमा जलसतह घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले यस वर्ष ११ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । गएको जेठ १९ गतेदेखि बिजुली भारत निर्यात सुरु गरेको प्राधिकरणले मङ्सिर अन्तिमसम्म निर्यात गरेको हो । सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले चार सय १९ मेगावाटसम्म निर्...

बिजुली निर्यात १ अर्ब युनिट नाघ्यो, प्राधिकरणले झन्डै ८ अर्ब रुपैयाँ कमायाे

काठमाण्डाै – भारतर्फको बिजुली निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि आज मङ्गलवारसम्म अर्थात् असाेज २५ गतेसम्ममा एक अर्ब ३० लाख युनिट बिजुली निर्यात भएको हो । देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

८५ दिनमा ६ अर्ब रुपैयाँ कमाएपछि थप बिजुली बेच्दै प्राधिकरण

काठमाण्डौ – चर्को व्यापार घाटा सहिरहेको देशका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने देश अब भने बिजुली निर्यात गर्ने देशका रूपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो ८५ दिनमा मात्रै झन्डै छ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षा भएजस्तै राहतको महसुस भएको छ । अहिले दैनिकरूपमा नै तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाको...

भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो साढे तीन अर्ब

नेपालले दुई महिनाबीच भारतलाई बिजुली निर्यात गरेबापत् साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्विटरमार्फत् यो जानकारी दिएका हुन्। नेपालले १९ जेठदेखि भारतमा...

नेपालले भारतलाई बिजुली बेच्न लाग्यो, प्रतियुनिट १० रुपैयाँ ४८ पैसा

काठमाडौं । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ । गए रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो । सबै सेवा शुल्क घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको प्राधिकरणको भनाई छ । यो […]

भारतसँग ३८ रुपैयाँ प्रतियुनिट बिजुली किन्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँग ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्न लागेको बताएको छ।

प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबार राति १२ बजेर १५ मिनेटदेखि लागू हुनेगरी ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिद गर्न लागिएको जनाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सुक्खायाम भएकाले स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय मेगावाट बिजुली आवश्यक रहेको बताए। भारतको ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुने र कोइलाको भाउ बढेपछि बिजुली महँगिएको घि

माथिल्लो तामाकोसीले बेच्यो तीन महिनामा १ अर्ब ७२ करोड रुपैयाँको बिजुली

माथिल्लो तामाकोसी जलविद्युत्  आयोजनाले  बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो  अवधिमा ७१ करोड युनिट बिजुली उत्पादन भएको विवरण छ ।