काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बिजुली व्यापार गर्ने बेला नभएको जिकिर गर्नुभएकाे छ । उहाँले भारतप्रति सङ्केत गर्दै छ रुपैयाँ प्रतियुनिटमा बिजुली बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा बिजुली किन्न नहुनेसमेत बताउनुभयाे ।
शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि बिजुली आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसक...