काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबार राति १२ बजेर १५ मिनेटदेखि लागू हुनेगरी ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिद गर्न लागिएको जनाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सुक्खायाम भएकाले स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय मेगावाट बिजुली आवश्यक रहेको बताए। भारतको ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुने र कोइलाको भाउ बढेपछि बिजुली महँगिएको घि