टिस्टाको बाढीले भारतमा महँगोमा बिक्यो नेपालको बिजुली, प्रतियुनिट मूल्य १६ रुपैयाँ

२३ असोज, काठमाडौं । मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थातः (१६ रुपैयाँ प्रतियुनिट) मूल्यमा बिजुली बिक्री भइरहेको हो । भारतीय बजारमा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा प्रतिप्रश्न : भारतले विद्युत् किनिदिएन भने के गर्ने ?

कात्तिक ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पादित ऊर्जा देशभित्रै खपतको वातावरण बनाउन  आवश्यक रहेको बताउनुभएको छ । मंगलवार राजधानीमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादक संघ(इपान) को १९औं र २०औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभयो । उहाँले भारतले नेपालको विद्युत् सँधै किन्छ भन्ने ग्यारेन्टी पनि नभएको समेत बताउनुभयो । ‘ मुलुकमा उत्पादित विद्युत् भारतले किन्दिएन भने के गर्ने ?  भारतले किन्छ भन्ने पनि छैन, त्यसैले देशभित्रको बिजुली देशभित्रै खपत गर्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘भारतले पनि आफैं उत्पादन बढाउँदैछ ।’ उहाँले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले तर भारतीय ठूला उद्योगहरु खनिज इन्धनमा निर्भर रहेकाले नेपालको बिजुलीले बजार पाउने सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो । कोइलामा निर्भर रहेका भारतीय कम्पनीले नेपालको बिजुली किन्न सक्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनको असर कम गर्न पनि जलविद्युतमार्फत स्वच्छ ऊर्जा उत्पादन र आन्तरिक खपत वृद्धिका लगानी बढाउनुपर्ने दिनुपर्ने प्रधननमन्त्री देउवाको भनाइ थियो । त्यसका लागि जलविद्युतका लगानीकर्तालाई सरकारले थप सहुलियत दिन तयार रहेको देउवाले बताउनुभयो । उहाँले ग्यास चुल्होको सट्टामा विद्युतीय चुल्हो हुनसक्छ भन्दै ब्याट्रीबाट चल्ने गाडीहरु प्रयोग गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण काठमाडौंमा धुँवा नै धुवाँ भएको भन्दै उहाँले विद्युतीय बस र गाडीहरु चलाउन लाग्नुपर्ने बताउनुभयो ।  ‘ठूला देशहरुले खनिज इन्धनको उच्च खपत गरिरहेका छन्, यसका कारण जलवायु परिवर्तन भएर हिमालहरु नांगो हुन बेर छैन, त्यसैले हामी हाइड्रोमै जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले शुरुआत गर्न सक्छौं, नेपाल नमूना पनि बन्नसक्छ ।’ प्रधानमन्त्री देउवाले जलविद्युतको लाइसेन्स मात्रै लिने र काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्।  भारतबाट अनुमति पाएपछि विद्युत् प्राधिकरणले करीब दुई सातादेखि भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरिरहेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ । प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको छ । यो पनि हेर्नुस् : भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

काठमाडौं । नेपालले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । यसअघि भारतले नेपाललाई खुला बजारबाट बिजुली किन्नका लागि मात्र अनुमति दिएको थियो । अहिले आएर भारतले आप्mनो खुला बजारमा विद्युत् बेच्न पनि नेपाललाई अनुमति दिएको हो । भारतको ऊर्जा (विद्युत्) मन्त्रालयले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई यस्तो अनुमति दिएको हो । यससँगै अब प्राधिकरणले भारतीय बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बेच्न सक्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत सरकारबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा विद्युत् बेच्न स्वीकृति पाएको बताए । ‘अहिलेसम्म भारतमा जेजति विद्युत् निर्यात भएको थियो, त्यो औपचारिक थिएन । बढी भएको विद्युत् प्रदान गरेको मात्र हो । तर, अब औपचारिक रूपमा नै विद्युत् बेच्न पाउने गरी अनुमति पाएको छौं,’ उनले भने, ‘यो नेपाल भारत क्रशबर्डर विद्युत् व्यापारको सन्दर्भमा ऐतिहासिक छ ।’ प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा उक्त मन्त्रालयले गत वैशाखमा प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको थियो । अहिले आएर आफ्नो खुला बजारमा विद्युत् विक्री गर्न अनुमति दिएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो । प्राधिकरणले अब भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् विक्री गर्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्यही निकायमार्पmत नै विद्युत् आयातनिर्यात गर्नुपर्नेछ । भारतबाट अनुमति पाएपछि प्राधिकरणले मंगलवार राति १२ बजेबाट नै भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ । प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको हो । हाललाई सोही आयोजनाको विद्युत्लाई स्रोत मानेर भारतले विद्युत् बेच्न अनुमति दिएको हो । ‘अहिले हामीले यही २ आयोजनाबाट विद्युत् विक्री गर्ने छौं । आगामी दिनमा अन्य आयोजनाहरूको पनि विद्युत् विक्री गर्ने गरी काम गर्नेछौं,’ घिसिङले भने । नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पनि विद्युत् बेच्ने गरी भारतमा प्रस्ताव गरेको छ । त्यसको अनुमति पनि छिट्टै आउने प्राधिकरणको विश्वास रहेको छ । भारतले केही समयअघि क्रशबर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका जारी गर्दै चिनियाँ लगानी भएको आयोजनाको विद्युत् नकिन्ने बताएको छ । सोहीअनुसार प्राधिकरणले विद्युत मात्र विक्री गर्छु भन्न पाउँदैन । कुन आयोजनाको विद्युत् विक्री गर्ने भनेर पनि खुलाउनुपर्नेे छ । त्यसपछि भारतले स्वीकृति दिएपछि मात्रा प्राधिकरणले सम्बद्ध आयोजनालाई स्रोत मानेर विद्युत् भारतमा बेच्न पाउनेछ । अब प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्या≈न १२ बजेसम्म खुला बजारमा बेच्ने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बिडिङका क्रममा तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ । त्यसरी तय हुने दरका आधारमा रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् विक्री गरिनेछ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यो २ मुलुकबीचको ऊर्जा व्यापारका लागि कोसेढुंगा सावित हुने बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयास यस्तो अनुमति पाएका छौं । अब नेपालमा खपत गरेर बाँकी हुने विद्युत् भारतीय बजारमा बेच्न सकिनेछ,’ उनले भनिन् ।