बिजुली निर्यात १ अर्ब युनिट नाघ्यो, प्राधिकरणले झन्डै ८ अर्ब रुपैयाँ कमायाे

काठमाण्डाै – भारतर्फको बिजुली निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि आज मङ्गलवारसम्म अर्थात् असाेज २५ गतेसम्ममा एक अर्ब ३० लाख युनिट बिजुली निर्यात भएको हो । देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...