काठमाण्डाै – नदीमा जलसतह घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
प्राधिकरणले यस वर्ष ११ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । गएको जेठ १९ गतेदेखि बिजुली भारत निर्यात सुरु गरेको प्राधिकरणले मङ्सिर अन्तिमसम्म निर्यात गरेको हो । सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले चार सय १९ मेगावाटसम्म निर्...