जनकपुर, ६ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा वडाअध्यक्षहरुले तालाबन्दी गरेका छन् । उपमहानगरका सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाई कर्मचारीले दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारीको विरुद्धमा नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् । […]