जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा असन्तुष्ट वडाअध्यक्षहरूले तालाबन्दी गरेका छन् । सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले दुर्व्यवहार गरेका थिए ।त्यसलगत्तै वडाअध्यक्षहरूले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दा

सम्बन्धित सामग्री

एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी (तस्बिरसहित)

दाङ- एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ। बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे। व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे। एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन कराेड कर्जा लिएका थिए। बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका हुन्। महाशक्ति […]

शिक्षक नभएपछि विद्यार्थीले गरे तालाबन्दी

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकामा रहेको उच्च माध्यमिक विद्यालयमा शिक्षकको कमीका कारण पठनपाठन प्रभावित हुँदै आएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिकाको वडा नम्बर ९ विश्रामपुर टोलमा रहेको भंगी साह उच्च माध्यमिक विद्यालयमा धेरै दिनदेखि शिक्षकको कमीका कारण पठनपाठन प्रभावित भएपछि विद्यार्थीले आइतबार तालाबन्दी गरेका हुन्। विद्यालयको मूल गेटमा आफ्ना माग टाँसेर विद्यार्थीले तालाबन्दी गरेका […]

निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी

दैलेख : जिल्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै गठबन्धन पक्षका चारजना उम्मेदवारले आज (शुक्रबार) विद्यालयमा तालाबन्दी गरेका हुन्।विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (शनिबार) गर्ने तयारी रहेका वेला गठबन्धनका उम्मेदवारले विभिन्न माग राख्दै निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी गरेको बताए। उनले विद्यालय जस्तो पवित्र स्थलमा राजनीति गर्नु राम्रो नभएको चर्चा गरे।

समकक्षता नदिएपछि ‘सीए’का विद्यार्थीले गरे त्रिविमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिएपछि सीएका विद्यार्थीले रेक्टर अफिस र पाठ्यक्रम विकास केन्द्रमा तालाबन्दी गरेका छन् । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बना

केएमसीमा विद्यार्थी संगठले गरे तालाबन्दी

काठमाडौंंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा  पाँचविद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

नोबेल मेडिकल कजेलमा विद्यार्थीले गरे तालाबन्दी

२१ पुस, विराटनगर । एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् । यसअघि कलेजले होस्टललगायत शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।

बाँकेको काँग्रेस कार्यालयमा कार्यकर्ताले गरे तालाबन्दी

काठमाडौँ । नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् । दुई सय ३९ फर्जी सदस्यता थप्ने भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद […]

तलब वृद्धिको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी

बैतडी : तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले  पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन्।बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूर

आर्थिक अनियमितताको आरोपमा जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

लहान : आर्थिक अनियमितमा भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन्। नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिए