काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन्। बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन्।आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता व्यक्त गरे। नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको माग गरिरहेको बेला जबराको यस्तो अडान आएको हो। प्रधानन्यायाधीश जबरा