अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो । […]

सम्बन्धित सामग्री

युद्ध थेग्न नसकेर आकस्मिक कर लगाउँदै रुस

काठमाडौं । युक्रेनी युद्धको मारमा अहिले बाँकी विश्व मात्रै होइन, रुस पनि पिल्सिरहेको छ । युद्धका कारण रुसको यूरोपेली देशहरूलाई कच्चा तेल बेचेर हुने आम्दानी ठप्पै छ । तेलको विक्री बढाउन रुसले चीन र भारत जस्ता देशहरूलाई भारी छूटमा तेल बेच्नु परिरहेको छ ।  पैसाको अभाव बढ्दै गएपछि रुस सरकारले घरेलु कम्पनी र व्यापारीहरूलाई एकमुष्ठै आकस्मिक कर तिराउन लागिरहेको छ । रुसले हालै मात्रै ठूला रुसी कम्पनीहरूमाथि १० प्रतिशतको आकस्मिक कर लगाउने विधेयक मस्यौदा पारित गरेको छ । मंगलवार त्यहाँका अर्थमन्त्रीले यसको घोषणा गरेका थिए ।  कर बापतको रकम एकमुष्ठ तिराउन लागिएको छ । यो विधेयकले सन् २०२१ यता वार्षिक १ अर्ब रुबल (१ करोड १९ लाख अमेरिकी डलर)भन्दा बढी नाफा कमाउने कम्पनीहरूलाई निशाना बनाएको छ । यो कर बढेर ३ खर्ब रुबल (३ अर्ब ६० करोड डलर)सम्म पुग्न सक्ने प्रथम उपप्रधानमन्त्री आन्द्रेई बेलोउसोभले भनेका थिए ।  यो करको प्रस्ताव कम्पनीहरूले गरेको उनको भनाइ छ । सन् २०२१ र सन् २०२२ मा कम्पनीहरूलाई ठूलो आकस्मिक लाभ भएको थियो । मुनाफा बजेटको भन्दा पनि ठूलो भएको अनि यो कुरा उनीहरूले बुझेको बेलोउसोभ बताउँछन् । यसबाट उठेको रकम सामाजिक खर्चमा प्रयोग गरिने अर्थमन्त्रालयले बताएको छ ।  यसबारे थप जानकारी भने दिइएको छैन । यो करको मारमा रुसको मलखाद र धातु उद्योगहरू पर्न सक्ने अनुमान गरिएको छ । पश्चिमी देश र तिनका मित्र देशहरूले रुसी इन्धनमा प्रतिबन्ध लगाएका छन् । तर, कृषि र केही औद्योगिक कच्चा पदार्थ अझै पनि रुसको महत्त्वपूर्ण निर्यात कमोडिटीका रूपमा रहेको छ । रुसले युक्रेनी युद्धका लागि चाहिने रकमको जोहो गर्न यस्तो आकस्मिक कर लगाउन लागेको यो पहिलो पटक होइन । गएको वर्ष युक्रेनमा हमला गरेलगत्तै विश्व बजारमा प्राकृतिक ग्यासको भाउ बढेर कयौं वर्षयताकै उत्कर्षमा पुगेपछि रुसले भीमकाय ऊर्जा कम्पनी ग्याजप्रोमलाई पनि यस्तै खालको कर तिराएको थियो ।      सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा ग्याजप्रोमले कीर्तिमानी मुनाफा कमाएको थियो । तर, कर वृद्धिका कारण पूर्ण वार्षिक रूपमा भने कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको थियो । कच्चा तेल निर्यातमा लगाएको प्रतिबन्धका कारण रुसको ऊर्जा आम्दानी घटेको छ । आर्थिक मन्दीको भयबीच विश्व बजारमा कच्चा तेलको भाउ युक्रेनी युद्ध शुरु हुनुअघिको स्तरभन्दा तल ओर्लिएको छ । एजेन्सी

मस्कले अमेरिकालाई तिर्नु पर्ने कर ११ अर्ब डलर, टेस्लाको शून्य

फागुन १, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अर्बपति व्यापारी एनल मस्कले सन् २०२१ को लागि आफूले अमेरिकालाई करीब ११ अर्ब डलर कर तिर्ने बारम्बार बताएका छन् । हुनत उनले यसो भन्दा धेरै कर तिर्नुपर्यो भनेर गुनासो गरेको पनि हुन सक्छ । यो अमेरिकाको संघीय सरकारलाई कुनै व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै कर हुने दाबी उनले गरेका छन् । मस्कले कीर्तिमानी स्तरमा कर तिर्दा उनको कम्पनी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भने संघीय सरकारलाई एक सेन्ट पनि नतिर्ने देखिएको छ । संघीय सरकारलाई कर बुझाउने योजना टेस्लाको निकट भविष्यमा समेत कुनै योजना नभएको देखिएको छ । कम्पनीले हालै गत वर्ष टेस्लाको लागि अहिलेसम्मकै धेरै मुनाफा मुलक भएको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०२१ मा टेस्लाको खूद मुनाफा ५ अर्ब ५० करोड डलर थियो । समायोजनपछिको आम्दानी ७ अर्ब ६० करोड डलर छ । कम्पनीले हालै अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) मा बुझाएको वार्षिक वित्तीय फाइलिङको फूटनोटमा भने अमेरिकी व्यवसायमा कम्पनीलाई गत वर्ष १३ करोड डलर घाटा भएको बताइएइको छ । कुल विक्रीको ४५ प्रतिशत अमेरिकी बजारमा भएको भएपनि कम्पनीको कर पूर्वको सारा मुनाफा सबै विदेशमा भएको व्यवसायबाट आएको बताइएको छ । विदेशमा टेस्लाको कर ८३ करोड ९० लाख रहेको फूटनोटमा बताइएको छ । राज्यलाई तिुर्न पर्ने कर ९० लाख डलर छ भने संघीय करको आकार शून्य छ। कम्पनीको अमेरिकी व्यवसायले घाटा बेर्होनुमा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबीचको साझा अभ्यासका कारण भएको हुन सक्ने अमेरिकी कर  विज्ञ ट्याक्स एनालिष्टका प्रमुख अर्थशास्त्री मार्टिन सुलिभान बताउँछन् । कर योग्य आम्दानी थोरै देखाउन वा कर नै नतिर्न अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुमा विदेशमा सहायक कम्पनीहरु खोल्ने प्रवृत्ति देखिएको छ । उदाहरणका लागि कम्पनीले कुनै बौद्धिक सम्पत्ति विदेशमा रहेकामध्ये कुनै एउटा सहायक कम्पनीलाई दिन्छन्, अनि अमेरिकी व्यवसायलाई भने सोको प्रयोग बापत शुल्क तिराउँछन् । यस्तै खालका व्यवहारका कारण विदेशका व्यवसाय निकै नाफामा चल्दा पनि अमेरिकी व्यवसाय भने घाटामा चल्ने वा थोरै मात्रै नाफा कमाउने अवस्था सृजना हुन्छ । यस्तो नगर्नु अमेरिकी बहुराष्ट्रिय कम्पनीको हकमा कुरिती हुने सुलिभान बताउँछन् ।  अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुको ६१ प्रतिशत अन्तरराष्ट्रिय मुनाफा टयाक्स हेभेन देशहरु बर्मुडा, क्येमन्स, आयरल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड स्वीटजरल्यान्ड र सिंगापुरमा भएको हालै अमेरिकी  अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । कर प्रणालीमा भएको छिद्रको प्रयोग गरेर वा कर तिर्नबाट टेस्लालगायत ठूला अमेरिकी कम्पनीहरु बच्ने गरेको भन्दै पछिल्लो समय आलोचकहरुले बताइरहेका छन् । यसरी मुनाफा र जागिर विदेशपार लैजाने प्रवृत्तिमा अन्त्य गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म अमेरिकाको संसद यसो गर्न असफल भइरहेको छ । कम्पनीले फाइलिङमा कुन देशमा टेस्लाले नाफा कमाइरहेको छ भनेर पनि भनेको छैन । यसबारे सोधिएको प्रश्नको उत्तर पनि दिएको छैन । कम्पनीले विगतमा भएको घाटा देखाएरै पनि अहिलेको आम्दानीमा तिर्नु पर्ने करबाट पनि बच्ने देखिन्छ । ‘क्यारी फवार्ड’ हुने खूद सञ्चालन घाटा देखाएर पनि कम्पनी कर तिर्नबाट सजिलै बच्न सक्ने विश्लेषकहरुले बताएका छन् । टेस्लाले एक दशकसम्म घाटा मात्रै बेहोरेको थियो सन् २०२० मा पहिलो पटक यसले नाफा कमाएको थियो । मस्कको दूर्लभ कर  हामी सर्वसाधारणहरुले त हरेक वर्ष आफ्नो वर्षभरिको आम्दानीमा कर बुझाउँछौं । विश्वका अति धनाढ्यहरुले त झन् कति धेरै कर तिर्लान् भन्ने प्रश्न तपाईहरुको मनमा पनि बारम्बार आएको हुन सक्छ । तर यिनीहरुले  झन आय कर नै नतिरेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सकछ । जेफ बेजोस, माइक्ल ब्लुम्बर्ग, वारेन बफेट र एलन मस्क लगायत सबैभन्दा धनीहरुले कयौं वर्ष अमेरिकाको संघीय सरकारलाई आय कर नै नतिरेको भन्दै गत वर्ष एउटा समाचार सार्वजनिक भएको थियो । सन् २०१८ मा यिनीहरु मध्ये कसैले पनि अमेरिकाको संघीय सरकारलाई एक सेन्ट पनि आय कर तिरेनन् ।  मस्कको कुरा  गर्नु पर्दा उनले टेस्लाबाट तलब नै लिदैंनन् । तलबको सट्टा उनले कम्पनीको प्रदर्शनका आधारमा बेच्न मिल्ने शेयर पाउँछन् । ती शेयर नचलाउँदा वा नबेच्दा सम्म उनले सरकारलाई कर तिर्नु पर्दैन । सन् २०२२ को अगष्टमा म्याद सकिन लागेका २ करोड २९ लाख कित्ता स्टक अप्शन मस्कले किन्नु पर्नेछ । गत वर्ष अतिरिक्त शेयर किन्न मस्कले ती अप्शनहरु चलाउन शुरु गरे । मस्कले २३ अर्ब ६० करोड डलर बराबरको शेयर किन्न १४ करोड २६ लाख डलर खर्च गरेका छन् । योसँगै सन् २०२१ को लागि उनको कर योग्य आय २३ अर्ब ५० करोड डलरमा पुगेको छ । अमेरिकामा संघीय करको कर ४१ प्रतिशत छ । मस्कले आफूसँग पहिला नै भएको अतिरिक्त शेयरमध्ये केही शेयर पनि बेचेका थिए । यसमा पनि उनले पूँजीगत लाभ कर तिर्नु पर्छ । यी सबैले गर्दा सन् २०२१ मा मस्कले तिर्न पर्ने संघीय आय कर ११ अर्ब डलर पुगेको हो । मस्कले गएको वर्ष थप ८४  लाद कित्ता स्टक अप्शन पाएका छन् । योसँगै उनीसँग कूल ६ करोड ७५ लाख स्टक अप्शन छ । तर यी स्टक अप्सनको म्याद सन् २०२८ मा मात्रै गुज्रिनेछ । यी शेयर चलाउन उनीसँग अझै पाँच वर्षको समय छ । एजेन्सीको सहयोगमा

टेस्लाले कमायो कीर्तिमानी मुनाफा

कात्तिक ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले गएको गर्मीयाममा कीर्तिमानी संख्यामा विद्युतीय सवारी साधन बेचेको छ । कम्प्युटर चिप र अन्य सामग्रीको अभावबीच पनि कम्पनीले कीर्तिमानी मुनाफा कमाएको छ ।  कम्पनीले बुधवार बताएअनुसार तेस्रो त्रैमासमा टेस्लाले १ अर्ब ६२ करोड डलर नाफा कमाएको छ । योसँगै दोस्रो त्रैमासमा कायम भएको १ अर्ब १४ करोड डलर मुनाफको कीर्तिमान तोडिएको छ ।  मुनाफाको यो आकार गत वर्षको  सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । सन् २०२० को तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३० करोड डलर मात्रै थियो । जुलाईदेखि सेप्टेम्बर अवधिमा कम्पनीको आम्दानी १३ अर्ब ७६ करोड डलर रहेको छ । आम्दानीको यो आकार वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा कम भएपछि अहिलेसम्मकै उच्च हो । सो अवधिमा टेस्लाको आम्दानी १४ अर्ब डलरभन्दा धेरै हुने अनुमान गरिएको थियो ।  समीक्षा अवधिमा कम्पनीले प्रतिकित्ता शेयरमा १ डलर ८६ सेन्ट मुनाफा गरेको छ । सो अवधिमा यो मुनाफा प्रतिकित्ता १ डलर ६२ सेन्ट रहने विश्लेषकहरुले अनुमान गरेका थिए । एजेन्सी

सोनीको आम्दानी कीर्तिमानी उचाईमा

साउन २१, टोकियो । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले जुनसम्मको तीन महीनामा कीर्तिमानी आम्दानी गरेको छ ।  कोरोना भाइरसको महामारी बीच घरमै बसेर काम गर्ने मानिसहरुबाट सुदृढ मागका कारण कम्पनीको आम्दानीले नयाँ उचाई छोएको हो । कम्पनीले आगामी वर्षको मार्चमा सकिने क्रममा रहेको चालू आर्थिक वर्षको लागि मुनाफा प्रक्षेपण पनि बढाएको छ । कम्पनीका अनुसार गत त्रैमासमा सोनीको विक्री २२ खर्ब येन (२० अर्ब डलर) माथि रहेको छ । येनका आधारमा यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो ।  समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब येन (२ अर्ब ५० करोड डलर) मा पुगेको छ । अप्रिल–जुन त्रैमासको विक्री र सञ्चालन मुनाफा दुबै अहिलेसम्मकै उच्च हो । संक्रमणबाट बच्न मानिसहरु घरमै बस्ने क्रम बढ्दा टिभी, भिडियो गेम उपकरण र म्युजिक स्ट्रिमिङ सेवाको विक्री बढेको छ । एक वर्ष अघिको तुलनामा डिजिटल क्यामराको विक्रीमा सुधार आएको कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन मुनाफा  प्रक्षेपण ५ प्रतिशतले बढाएर ९ खर्ब ८० अर्ब येन (९ अर्ब डलर) मा पुर्‍याएको छ । केही समयसम्म कम्पनीको उत्पादन र सेवाको माग सुदृढ रहने अपेक्षा गरिएको छ । एजेन्सी

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]

आम्दानीमा सामसुङको कीर्तिमान, ३ महिनामा ६० खर्ब आम्दानी

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट …

बोइङका सीइओलाई चुनौती

बोइङका ५५ वर्षिय सीईओ डेनिस मुलेनबर्गले गत वर्ष तलब तथा अन्य सुविधा गरेर ३ करोड डलर अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए । गत वर्ष उनले हात पारेको यो रकम अघिल्लो वर्षको तुलनामा ६० लाख डलर बढी हो । २०१८ मा पहिलो पटक बोइङको आम्दानी १०१ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुगको थियो । यसबाट मुलेनबर्गले पनि फाइदा लिएका थिए । तर इथियोपियन विमान दुर्घटना भएपछि मुलेनबर्गले आफ्नो ३४ वर्षको करियरमा सर्वाधिक नराम्रो अवस्थाबाट गुज्रन परेको छ ।